रौतहट, ४ बैशाख । दुर्गाभगवती गाउँपालिका–१ शिव मन्दिर टोल बस्ने ३० वर्षीया रम्घरिया देवीको करेन्ट लागेर मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने नरेश राउतकी छोरीको विबाहको मटकोर पूजामा स्थानीयबासीहरू जम्मा भई सामुहिक गीत गाउने क्रममा शनिबार साँझ माइकबाट अचानक करेन्ट लागेको थियो ।
करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका अन्य ७ जनाको स्थानीय मेडिकल बागमतीमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया