रौतहटको राजदेवी नगरपालिकामा एमालेका दुई मेयर र पाँच उपमेयर सिफारिस

समाचार

रौतहट, ४ बैशाख । नेकपा (एमाले)ले रौतहटको राजदेवी नगपालिकामा मेयर र उपमेयरका आकांक्षीको नाम सिफारिस गरेको छ ।

राजदेवी नगर कमिटीको आइतबार बसेको बैठकले मेयरमा दुई जना र उपमेयरमा पाँच जनाको नाम सिफारिस गरेको नगर अध्यक्ष रुपनारायण दासले जानकारी दिएका छन् ।

नगरअध्यक्ष दासका अनुसार मेयरका दुई जना आकांक्षीमा गत निर्वाचनको मेयर प्रत्यासी राजेश साह र हालको उपमेयर अंशु सिह रहेका छन् ।

हाल जिल्ला कमिटी सदस्यको हैसियतमा रहेका साह जनयुद्धकालीन नेता हुन् भने सिंह हालै फोरमबाट प्रवेश गरेकी हुन् ।

उपमेयरमा भने चर्चित जिल्ला कमिटी सदस्य निवेश यादवसहित ५ जनाको नाम सिफारिस गरेको नगरअध्यक्ष दासले बताए ।

लामो समय पत्रकारितामा बिताएका यादव हाल एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य पनि हुन् ।

उनका अलावा रामपुकार दास, प्रदीप साह, अशोक यादव, रुप नारायण दास आकांक्षी रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ