वीरगंज, ४ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले वीरगन्ज महानगरपालिकामा पुनः जसपाको जीत सुनिश्चित रहेको बताएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा आयोजित घरदैलो तथा अगुवा कार्यकर्ता भेलाका क्रममा मुख्यमन्त्री राउतले यस्तो दाबी गरेका हुन् ।
उनले वीरगन्जमा जसपाप्रति बढेको जनलहरले पार्टीका उम्मेदवारहरूको जित सुनिश्चित भएको दाबी गर्दै मधेशका मुद्दाकै कारण जसपा मधेशमा एक नम्बर पार्टी भएको बताए ।
मधेशका एजेन्डालाई सम्बोधन गर्न अझै जनताले एक पटक जसपालाई पुनः अवसर दिनुपर्ने कुरामा मुख्यमन्त्रीले जोड दिएका हुन् ।
तपाईको प्रतिक्रिया