कपिलवस्तु, ५ बैशाख । कपिलवस्तु नगरपालिका–४ गोपालपुरस्थित सडकमा लु.१३ प ८८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
ठक्करबाट सोही ठाउँ बस्ने ६५ वर्षीया बृजमती कुर्मीको आइतबार राति मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया