गठबन्धनभित्र महानगर र उपमहानगर भागवण्डा, जसपालाई एक महानगर र एक उपमहानगर

समाचार

काठमाडौं, ५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दलबीच महानगर र उपमहानगरको भागबण्डाको प्रस्तावित ड्राफ्ट सार्वजनिक भएको छ ।

आइतबार राति अबेरसम्म बालुवाटारमा भएको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा कुन दलले कति पाउने बारे टुंगो लगाएको थियो ।

सो ड्राफ्टलाई टुंगो लगाउन बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ । गठबन्धनका शीर्ष नेतृत्वसहित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको जनाइएको छ ।

गठबन्धनमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको छ । एक नेताका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको छ ।

यसैबीच, जनता समाजवादी पार्टी नेपालको भागमा वीरगन्ज महानगर र जनकपुरधाम उपमहानगर परेको हो । हाल दुवैमा जसपाकै नेतृत्व रहेको छ । सो ड्राफ्टलाई अन्तिम रुप बैठक जारी छ ।

यस्तो छ ड्राफ्ट :

 
May be an image of text that says 'महानगर नेपाली कांग्रेस १. काठमाडौं (उपमेयर समाजवादी) ललितपुर (उपमेयर कांग्रेस) विराटनगर (उपमेयर जसपा) माओवादी केन्द्र भरतपुर (उपमेयरसहित सबै वडा कांग्रेस) एकीकृत समाजवादी पोखरा (उपमेयर कांग्रेस) जसपा वीरगज्ज (उपमेयर कांग्रेस) उपमहानगरपालिका धरान (मेयर-कांग्रेस, उपमेयर- समाजवादी इटहरी (मेयर- समाजवादी, उपमेयर- कांग्रेस) माओवादीबीचको सहमतिमा) जनकपुर (मेयर- कांग्रेस, उपमेयर- जसपा) जितपुर सिमरा (मेयर- माओवादी, उपमेयर- कांग्रेस) ५. कलैया (मेयर- जसपा, उपमेयर- कांग्रेस) ६. हेटौंडा (मेयर- समाजवादी, उपमेयर- कांग्रेस) बुटवल (मेयर- कांग्रेस, उपमेयर- समाजवादी) घोराही (मेयर- कांग्रेस, उपमेयर- जनमोर्चा माओवादीको सहमतिमा) तुलसीपुर (मेयर- कांग्रेस, उपमेयर- समाजवादी) नेपालगज्ज (मेयर- कांग्रेस, उपमेयर- माओवादी) धनगढी (मेयर- कांग्रेस र समाजवादीको सहमतिमा, उपमेयर- मेयर नपाउनेले)'
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ