जनकपुरधाम, ५ बैशाख । जनकपुर जेसिजका पूर्वअध्यक्ष तुलसी पजियार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
युवा नेतृत्व बिकासको मूल मन्त्रसहित सकृय अन्तर्राष्ट्रिय संस्थाको शाखाको रुपमा रहेको जनकपुर जेसिज २०१९ को अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका पजियार मूलधार राजनीतिमा युवाको भुमिका स्थापित गराउने उद्देश्यका साथ जसपा प्रवेश गरेका हुन् ।
जनकपुरधाममा सोमबार आयोजित एक कार्यक्रमका बिच जसपाका केन्द्रीय सदस्य एवं जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहसहितका नेताहरूले पजियारसहित २ दर्जनभन्दा बढी युवाहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
जसपा नगर अध्यक्ष विष्णुदेव साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य उर्मिला महतो, क्षेत्र नं. ३ का नेता जितेन्द्र यादव, संघीय परिषद सदस्य नवीन यादव, रंजित चौधरी, प्रदेश सदस्य ममता पाठक सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया