सप्तरी, ६ बैशाख । महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार राजविराजस्थित कांग्रेसको कार्यालयमा उनी कांग्रेस प्रवेश गरेका हुन् । यादवलाई कांग्रेस केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले पार्टी प्रवेश गराएका छन् ।
तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)को प्रदेश समिति सदस्य थिए ।
यसैगरी, महादेवा गाउँपालिका ३ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुदर्शन सिंह पनि काँग्रेसमा प्रवेश गरेका छन् ।
तपाईको प्रतिक्रिया