समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने : उपेन्द्र यादव

समाचार

गोरखा, ६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी चरित्रको समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

जसपाले गोरखामा आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको चुनाव महँगो हुँदै गएकोले किसान, मजदुर, गरिब वर्गले आर्थिक अभावमा चुनावमा प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन् ।

शासकीय स्वरूप, संसदीय प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणाली परिवर्तन गर्नुपर्छ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ