लोसपा नेता यादवद्वारा पार्टी परित्यागको घोषणा

समाचार

काठमाडौं, ७ बैशाख । आसन्न स्थानीय चुनावको मुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता संजय यादवले पार्टी परित्यागको घोषणा गरेका छन् ।

नेता यादवले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लोसपासँगको यात्राबाट पूर्णरुपमा विराम लिएको घोषणा गरेका हुन् ।

लोसपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

नेता यादवले पार्टी परित्याग गर्नुपर्ने कारण खुलाएका छैनन् । चुनावको मुखमा पार्टी परित्याग गर्नु सामान्य जस्तो भइसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ