काठमाडौं, ७ बैशाख । जनता समाजवादी पार्टी नेपालले आसन्न स्थानीय तहको निर्वाचन–२०७९ घोषणापत्र सार्वजनिक गरेको छ । ‘पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार’लाई जसपाले मुख्य नारा बनाएको छ ।
जसपाले विजय प्राप्त गरेका स्थानीय तह संचालन गर्दा यसका जनप्रतिनिधिहरू पार्टीको सिद्धान्त र मान्यतामा आधारित भई परिचालित हुने घोषणापत्रमा भनिएको छ ।
यसैगरी, स्थानीय तहको आर्थिक तथा सामजिक विकासलाई दीगो बनाउन दीर्घकालिन सोच र उद्देश्यमा स्पष्टता, लक्ष्यहरूको किटान र ती लक्ष्यहरू हासिल गर्न आवश्यक नीतिगत व्यवस्था र कार्यक्रमिक योजनाहरू निर्माण गरिने छ ।
तपाईको प्रतिक्रिया