वीरगन्ज, ७ बैशाख । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सरकारी गाडी फिर्ता गरेका छन् ।
मेयर सरावगीले बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाई बुधबार बुझाएका हुन् ।
उनी मेयर भएपछि लामो समयसम्म गाडी नलिएको भएपनि तत्कालिन अवस्थामा सुरक्षाको थ्रेट र माथिल्लो निकायका भिआइपी आउँदा सुविधा सम्पन्न सवारी साधान आवश्यक पर्ने कुरा स्थानीय सुरक्षा निकायले अवगत गराएपछि महानगरले गाडी किनेको थियो ।
गाडीको साँचो हस्तान्तरण गर्दै मेयर सरावगीले गाडी नगरबासीको सम्पति भएको हुनाले उनीहरुको नासो निर्वाचनको बेला कसैले पनि दुरुपयोग गर्न नपाओस् भनेर नगरपालिकालाई बुझाएको बताए ।
तपाईको प्रतिक्रिया