जलेश्वर, ७ बैशाख । नेकपा (एमाले)को तर्फबाट महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका मेयर पदको उम्मेद्वारका लागि टिकट आफूले नै पाउने दाबी राजकिशोर साह उर्फ नब्बा सिंहले गरेका छन् ।
बुधबार जलेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी नब्बा सिंहले जलेश्वरको मेयरका लागि एमालेले अहिलेसम्म कसैलाई टिकट नदिएको स्पष्ट पारेका हुन् ।
एमाले नेता रामआधार कापर जलेश्वरको मेयरको टिकट पाएको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताएका छन् ।
नब्बा सिंहले भने, ‘अहिलेसम्म पार्टीले कसैलाई जलेश्वरको मेयरका लागि टिकट दिएको छैन । आमजनता तथा कार्यकर्तामा भ्रम सिर्जना भएको हो ।’
उनले एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रामदयाल मण्डलमार्फत् आफूलाई टिकट दिनुपर्ने पार्टीलाई पहिला नै जानकारी गराइसकेको बताए ।
उनले पार्टीले जलेश्वरको मेयरका लागि आफूलाई नै टिकट दिने विश्वस्त रहेकोसमेत बताए ।
तपाईको प्रतिक्रिया