नेपालगन्ज उपमहानगर मेयरमा जनमतबाट यादवले पाए टिकट

समाचार

नेपालगन्ज, ७ बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बाँकेको तीन पालिकासहित ११ वडाध्यक्षका लागि टिकट वितरण गरेको छ । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले टिकट वितरण गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाको मेयरका लागि जनमतको बाँके जिल्ला अध्यक्ष पहलाद यादवलाई टिकट दिइएको उपाध्यक्ष खानले जनाएका छन् ।

अनुशासन तथा भ्रष्टाचारको शुन्य सहन शिलतामा हस्ताक्षर तथा औठा छाप गराई टिकट विरणगरिएको हो।

यसैगरी, जानकी गाउँपालिका अध्यक्षका लागि विष्णुप्रसाद यादव र उपाध्यक्षका लागि बन्दना कुमारी वर्मा, डुडुवा गाउँपालिका अध्यक्षका लागि रियाज अहमद शेष सहित ११ वडाको अध्यक्षको टिकट निश्चित गरि वितरण गरिएको खानले बताए ।

उम्मेद्वारहरुलाई अनुशासन तथा भ्रष्टाचारको शून्य सहनशीलता पत्रमा हस्ताक्षर तथा औठा छाप गराई टिकट विरण गरिएको खानले जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ