वीरगन्ज, ८ बैशाख । आसन्न स्थानीय निर्वाचनमा मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एमाले)बीच गठबन्धन गर्ने सहमति भएको छ ।
बिहीबार वीरगन्जमा एमाले र लोसपाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धनको घोषणा गरेका छन् ।
वीरगन्ज महानगरको प्रमुख (मेयर) एमालेले पाउने र उपप्रमुख (उपमेयर) लोसपाले पाउने सहमति भएको पत्रकार सम्मेलनमा जनाइएको छ । यस्तै, विभिन्नहरुको पनि बाँडफाँट भएको हो ।
संयुक्त पत्रकार सम्मेलनमा लोसपाका शीर्ष नेताहरु लक्ष्मण लाल कर्ण, विमल श्रीवास्तव, पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम झा र एमालेका सचिव रघुवीर महासेठ, मेयरका प्रत्याशी विजयकुमार सरावगी लगायतका दुवै पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया