रामनगरमा लोसपाबाट अध्यक्षमा मनिषसहित वडाध्यक्षहरु सर्वसम्मत सिफारिस

समाचार

सर्लाही, ८ बैशाख । आसन्न स्थानीय तहको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जिल्लाको रामनगर गाउँपालिका अध्यक्ष तथा वडाध्यक्ष उम्मेद्वारहरुको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।

बिहीबार लोसपा रामनगर गाउँपालिका समिति बैठकले अध्यक्षका पदका लागि मनिष मिश्रलाई छनौट गरेको हो ।

यस्तै, वडा नं. १ अध्यक्षमा रमापत राय यादव, वडा नं. २ अध्यक्षमा रविन्द्र तिवारी, वडा नं.३ अध्यक्षमा निलम देवी, वडा नं.४ अध्यक्षमा ओम प्रकाश साह, वडा नं.६ अध्यक्षमा महेन्द्र राउत र वडा नं.७ अध्यक्षमा सूर्यकान्त केसरी उम्मेद्वारको रुपमा सर्वसम्मत सिफारिस भएका छन् ।

यसैगरी, गाउँपालिका उपाध्यक्ष र वडा नं. ५ का अध्यक्ष उम्मेद्वारहरु टुंगो लाग्न बाँकी रहेको अध्यक्षका प्रत्यासी उम्मेद्वार मिश्रले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ