रुपन्देही, ८ बैशाख । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन दलबीचको सहमति कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् ।
गृह जिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सत्तारूढ दलबीच केन्द्रमा हुने सहमति कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने बताए ।
कांग्रेसका नेतासमेत रहेका खाँणले निर्वाचनमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लंघन गर्ने छुट कसैलाई नभएको बताए ।
‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्वपूर्ण होइन, कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा स्थानमा छुट्टाछुट्टै हुन सक्ला तर केन्द्रले जे निर्णय गर्छ, त्यसको पालना गर्नुपर्छ,’ उनले भने । उनले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे ।
तपाईको प्रतिक्रिया