काँग्रेसका मेयरद्वारा पार्टी परित्याग

समाचार

रौतहट, ९ बैशाख । रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालप्रसाद यादवले नेपाली काँग्रेस पार्टी परित्याग गरेका छन् ।

काँग्रेसबाट मेयरमा निर्वाचित उनले काँग्रेस जिल्ला सभापति सुनिल यादव (जितेन्द्र)ले आसन्न निर्वाचनका लागि मेयरको उम्मेदवारका रुपमा आफ्नै भाइ ज्ञानेन्द्र यादवको नाममात्र सिफारिस गरेपछि मेयर यादवले पार्टी छोडेको घोषणा गरेका हुन् ।

आफू १४ वर्षदेखि काँग्रेस पार्टीमा सक्रियरूपमा लाग्दालाग्दै पनि जिल्ला सभापतिले आफूलाई बाईपास गरेका कारण पार्टी परित्याग गर्न भाध्य भएको मेयर यादवको भनाइ छ ।

जिल्ला सभापति सुनिल यादव र उनका भाइ दलबलसहित पार्टी नगर सभापति बाबुराम अधिकारीको घरमा गएर जबर्जस्ती ज्ञानेन्द्रको एकल नाम सिफारिस गर्न दबाब दिँदा नगर सभापतिले नमानेको तर पछि नगर उपसभापति अबरारुल देवानलाई कार्यवाहक सभापति दिएर काँग्रेस जिल्ला सभापति सुनिल यादवले मेयरको टिकटका लागि आफ्नो भाइ ज्ञानेन्द्र यादवको एकल नाम सिफारिस गराएको मेयर गोपाल यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ