धनगढी उपमहानगरपालिकाको उपमेयर उम्मेदवारमा विमला पन्त ओझा

समाचार

कैलाली, १० बैशाख । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाएको छ ।

इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष उ.मा.बि.शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक सङ्घ–संस्थाको संस्थापक रहेको अनुभव छ ।

उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै विगत २२ वर्ष देखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय बालिकाहरूलाई प्रत्येक वर्ष १०+२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएकी छन्। त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन् ।

ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रका रूपमा संलग्न छिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ