रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा डा.अमित केसी र उपमेयरमा रूपा गुरुङ उम्मेदवार

समाचार

रुपन्देही, १० बैशाख । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हुन् । तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुरÞ्याउँदै आएका छन् । डा. के. सी. विभिन्न सामाजिक सङ्घ–संस्था र अभियानमा पनि आबद्ध छन् ।

तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार रूपा गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध छिन्। साथै उनले विभिन्न सङ्घ–संस्था र सामाजिक अभियानमा आबद्ध हुनुका साथै शालीन र मेहनती उद्यमीको परिचय बनाएकी छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ