मोरङ, १० बैशाख । पथरी शनिश्चरे नगरपालिका–३ आईतवारेस्थित सडकमा को.२ त २८३२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री रतुवामाई नगरपालिका–२ ईटहरा बस्ने ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको छ ।
शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेन्टर मंगलवारे उर्लावारीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया