चट्याङ लागेर मृत्यु

समाचार

रौतहट, १० बैशाख । फतुवा विजयपुर नगरपालिका–११ भट्टिराङ्गी बस्ने ३० वर्षीय प्रदिप चौधरीको चट्याङ् लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

सोही नगरपालिका–१० स्थित दुधिअवामा विवाहको भोज खाएर घर फर्कने क्रममा घरदेखि अन्दाजी ५ सय मिटर रहेको सपेताको रुख नजिकै परेको चट्याङ लागेर घाइते भएका उनको सामुदायिक अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ