मधेश प्रदेशकी पूर्वराज्यमन्त्री डा.झाको निधन

समाचार

काठमाडौं, ११ बैशाख । मधेश प्रदेशकी पूर्वराज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेता डा.डिम्पल कुमारी झाको आइतबार बिहान ४ बजे निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा.झा संविधानसभा दोस्रोकी सभासदसमेत थिइन् ।

डा.झाको आइतबार बिहान काठमाडौंको रानीबारीस्थित निवासमा निधन भएको लोसपा कार्यालय सचिव प्रदीप पाठकले जनाएका छन् ।

डा.झा पूर्वमन्त्री एवं लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य अनिल कुमार झाकी श्रीमती हुन् ।

उनको पार्थिव शरीरलाई बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा केहीबेर राखिएको थियो । उनको पार्थिक शरीरमा लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीको झण्डा ओढाई अन्तिम बिदाइ गरेका थिए ।

साथै, पार्टी कार्यालयमा लोसपाका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरत्सिंह भण्डारी, पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनको दाह संस्कारका लागि आजै गृहजिल्ला रौतहट लगिएको छ । मतसरीमा अन्तिम संस्कार हुने कार्यालय सचिव पाठकले मधेशवाणीलाई बताएका छन् ।

 
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ