लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा श्रद्धाञ्जली अर्पण

समाचार

काठमाडौं, ११ बैशाख । मधेश प्रदेशकी पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेता डा.डिम्पल झाको निधनप्रति अध्यक्ष महन्थ ठाकुरले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

लोसपा नेता अनिल कुमार झाकी श्रीमती समेत रहेकी डा.डिम्पल झाको आइतबार बिहान काठमाडौंस्थित निजी निवासमा भएको हो ।

अध्यक्ष ठाकुरले एक शोक सन्देश जारी गर्दै समस्त शोकाकुल परिवारजनलाई दुःखको यस घडीमा धैर्य धारण गरी शोकलाई शक्तिमा बदल्न तथा दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ