काठमाडौं, ११ बैशाख । मधेश प्रदेशी पूर्वराज्यमन्त्री, प्रदेशसभा सदस्य एवं संविधानसभा दोस्रोकी सभासदसमेत रहेकी लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेता डा.डिम्पल झाको असामयिक निधनप्रति पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले समवेदना प्रकट गरेका छन् ।
पूर्वप्रदेश प्रमुख डा.अहिराजले आइतबार एक शोक वक्तव्य जारी गर्दै शोकाकूल परिवारजनलाई दुःखको यस घडीमा धैर्य धारणको कामना गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनासमेत गरेका हुन् ।
साथै, उनले स्व.डा.झाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
तपाईको प्रतिक्रिया