जसपाको घोषणापत्रमा गुणस्तरीय शिक्षा र रोजगारी प्राथमिकतामा

समाचार

काठमाडौं, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र आइतबार औपचारिकरुपमा सार्वजनिक गरेको छ ।

जसपा नेपालले आइतबार संघीय राजधानीको नयाँ बानेश्वरस्थित एक होटलमा आयोजित कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा पाटीका अध्यक्ष उपेन्द्र यादवले गुणस्तरीय शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

यस्तै, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको आवश्यकता अनुसार घर घरमा गएर सेवा प्रवाह गर्ने मुख्य प्रतिबद्धता रहेको उल्लेख गरे । उनले जसपा एउटा वैकल्पिक शक्तिको रुपमा अगाडि बढिरहेकोले अन्य पार्टीभन्दा जसपाको घोषणापत्र फरक रहेको बताए ।

घोषणापत्रमा प्रत्येक पालिकामा रिङ रोड बनाउने, स्वास्थ्य तथा शिक्षालाई निःशुल्क गर्ने, सबै नागरिक समक्ष खानेपानीको पहुँच पु¥याउने, सबै गाउँ नगरमा ढलको व्यवस्था गर्ने, सिँचाइमा अनुदान दिने, संवेदनशील बस्तीलाई पालिकाको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने लगायतका विषय समेटिएको जनता समाजवादी पार्टी स्थानीय तह निर्वाचन परिचालन मूल समितिका संयोजक अशोक राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ