विराटनगर महानगर मेयरमा जनमतबाट मण्डलको उम्मेद्वारी

समाचार

विराटनगर, १२ बैशाख । विराटनगर महानगरपालिका मेयरका लागि डा.सीके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट अरुणकुमार मण्डलले मनोनयन दर्ता गराएका छन् ।

मण्डल जनमत पार्टीका विराटनगर महानगर अध्यक्ष पनि हुन् । उनीसहित सो पार्टीले १२ वटा वडा अध्यक्षमा पनि मनोनयन दर्ता गराएको जनाइएको छ ।

विराटनगरमा कूल १९ वडा रहेका छन् । अन्य वडाहरुमा आज मनोनयन दर्ता हुने उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ