लोसपा वीरगन्ज महानगर उपाध्यक्षसहित नेता कार्यकर्ता जसपा प्रवेश

समाचार

वीरगन्ज, १२ बैशाख । स्थानीय चुनावको मुखमा नेता कार्यकर्ताहरुको दलबदलको आज अन्तिम दिन हो । मनोनयन दर्ता प्रक्रिया पूरा भइसकेको केही दिनका नेता कार्यकर्ताहरु स्थिर हुनेछ ।

दलबदलको क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर समितिका उपाध्यक्ष दीपक साह कानुले सोमबार बिहान जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

यस्तै, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का लोसपा वडा इकाई कमिटीका अध्यक्ष बनारसी साहले पनि लोसपा परित्याग गरेका छन् ।

लोसपा परित्याग गरेर जसपामा प्रवेश गरेका साहले आफुसँगै वडा इकाई कमिटीका अन्य पदाधिकारी तथा सदस्यहरुलाईसमेत जसपामा प्रवेश गराएका छन् ।

जसपा वडा इकाई कमिटीका अध्यक्ष जोगिन्द्र साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाको मेयरका उम्मेदवार राजेशमान सिँह, वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार सुशिल कुमार कानुलगायतका नेताहरुले नवप्रवेशीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ