जनकपुरधाम उपमहानगर मेयरमा स्वतन्त्र उम्मेद्वारी दिँदै जानकीराम

समाचार

जनकपुरधाम, १२ बैशाख । जनकपुरधाम उपमहानगरको मेयर पदको टिकटकै लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी नेकपा एमाले प्रवेश गरेका जानकीराम साह स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

लोसपा परित्याग गरी एमाले प्रवेश गरेको हप्ता दिन नबित्दै स्वतन्त्र उम्मेद्वारी दिन लागेका हुन् ।

एमालेबाट मेयरको टिकट पाउने आश्वासनमा काठमाडौं आई पार्टी प्रवेश गरेका थिए । तर एमालेले हिरा साहलाई टिकट दिएपछि स्वतन्त्र उम्मेद्वारी दिने जानकीरामले बताएका छन् ।

आफू जसरी पनि मेयरका लागि मनोनयन गर्दा गर्ने निष्कर्षमा पुगेका साहले कुनै पार्टी ठूलो कुरा नरहेको बताए ।

जानकी रामले भनेका छन्, ‘ स्वक्ष, सफा, शिक्षित, पौराणिक र सांस्कृतिक आधुनिक जनकपुरधाम निर्माण गर्न नगर प्रमुख सेवकको रुपमा स्वतन्त्र उमेदवारी दिदै छु ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ