कपिलवस्तु, १२ बैशाख । महाराजगंज नगरपालिका–७ घर भएका सवनम मुसलवानको छोरा ८ वर्षीय महोम्मद सहिलको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मायादेवी गाउँपालिका–१ बर्रोहियास्थित मामाघरमा आएको अवस्थामा मामाघर पछाडि रहेको पोखरीको छेउमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया