जनकपुरधाम, १२ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट निवर्तमान मेयर लालकिशोर साहले मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनले उपमहानगरपालिकाका मेयरको उम्मेदवार भागवण्डा गर्दा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेको थियो ।
साह २०७४ सालमा तत्कालिन राजपाबाट मेयरमा निर्वाचित भएका थिए ।
उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर साहले उम्मेदवारी दर्ता गराएका हुन् ।
तपाईको प्रतिक्रिया