जनकपुरधाम, १२ बैशाख । एमालेबाट टिकट नपाएपछि जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्रबाट जानकीराम साहले उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर एक हप्ताअघि एमाले प्रवेश गरेका जानकीराम साहले टिकट नपाएपछि पार्टी परित्याग गरेका छन् ।
जनकपुर– ७ का वडाध्यक्षसमेत रहेका साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी ओली आफ्नै निवासमा एमाले प्रवेश गराएका थिए।
यसैगरी, एमालेकै नेता सरोज कुमार मिश्रले साहको प्यानलबाट उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
तपाईको प्रतिक्रिया