वीरगन्ज, १२ बैशाख । मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जमा जनता समाजवादी पार्टी नेपालको तर्फबाट मेयरका लागि राजेशमान सिंहले दलबलसहित मनोनयन दर्ता गराएका छन् ।
राजेशमानको मनोनयन दर्ताका लागि जसपा अध्यक्ष उपेन्द्र यादव आफै वीरगन्ज पुगेका थिए ।
अध्यक्ष यादवले भने, ‘वीरगंजमा जसपाको पक्षमा जनलहर उत्रेको देखेर जनताले उचित निर्णय गर्ने कुरामा हामी विस्वस्त छौँ । राजेशमान सिंहलाई वीरगंजको नयाँ सेवकको रुपमा स्विकार्नु हुन सम्पूर्ण वीरगंजवासीहरुमा आग्रह !’
पाँच दलीय गठबन्धनको भागवण्डाअनुसार जसपाले वीरगन्ज महानगर पाएको थियो ।
तपाईको प्रतिक्रिया