जलेश्वर, १२ बैशाख । तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट जलेश्वर नगरपालिका वडा नं. ४ को अध्यक्षका लागि अर्पण कुमार कर्णले उम्मेद्वारी दर्ता गराएका छन् ।
स्थानीय निर्वाचनकै मुखमा तमलोपा गठन भएको थियो ।
तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालको गृहनगरसमेत जलेश्वर–४ (सुगा भवानीपट्टी) रहेको छ ।
उम्मेद्वारी मनोनयन गर्दै कर्णले विभिन्न प्रतिबद्धताहरुसमेत जनाएका छन् ।
गाउँमै गुणस्तरीय शिक्षा, स्वास्थ्य क्षेत्रमा सबैको पहुँच र भरपर्दो चिकित्सक समेतको व्यवस्था, कृषि श्रेत्रमा सिंचाईमा जोड, माछापालन जोड र वृद्ध भत्ता घरघरमै सहजतापुर्वक पुर्याउने प्रतिबद्धता कर्णले गरेका छन् ।
तपाईको प्रतिक्रिया