पार्टीले धोका दिएपछि स्वतन्त्र उम्मेद्वारी दिएँ : रम्भा मिश्र

समाचार

वीरगन्ज, १३ बैशाख । वीरगन्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेद्वारी दिएकी लोकतान्त्रिक समाजवादी पार्टी नेपालीकी नेतृ रम्भा मिश्राले पार्टीले धोका दिएको बताएकी छन् ।

लोसपाले एमालेसँग गठबन्धन गरेपछि लोसपाका मेयर आकांक्षी पुरुषोत्तम लाल झाले उपमेयरको टिकट पाएका हुन् ।

टिकट नदिएपछि असन्तुष्ट बनेकी नेतृ रम्भा मिश्रले वीरगन्ज महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।

पार्टीले आफ्नो योग्दानको अवमूल्यन गरेका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गरेको उनले बताइन् ।

मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय आइपुगेकी मिश्रले आँँशु झार्दै भनिन्, ‘अघिल्लो स्थानीय तहको निर्वाचनमा उपमेयरमा राम्रै मत ल्याएको थिएँ । हारे पनि ५ वर्षदेखि जनताको बीचमा रहेर काम गरिरहेको थिएँ । यो पटक पनि मलाई नै टिकट दिनुपर्छ भनेर पार्टीमा दबाब पनि दिइरहेको थिएँ । तर पार्टीले मेरो अवमूल्यन ग¥यो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ