वीरगन्ज, १३ बैशाख । समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेता वडा २२ मनियारीका पवन यादवको नेतृत्वमा २० जना युवाहरुको समूह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई नेकपा एमालेका वीरगञ्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार विजय कुमार सरावगी लगायतले पार्टीमा स्वागत गरेका हुन् ।
सरावगीले निवार्चनमा निर्धक्क भई भयरहित वातातरणमा सम्पूर्ण मतदातालाई मत हाल्ने वातारणको श्रृजना गरि आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि नव प्रवेशी युवाहरुलाई आग्रह गरे ।
एमालेको सरकारले मात्रै वीरगञ्जको विकासका लागि युवाहरु परिचालन गरि युवा मैत्री समाज निर्माण गर्ने भन्दै सम्पूर्ण युवाहरुलाई एमालेमा विश्वास गर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया