वीरगन्ज, १३ बैशाख । मधेश आन्दालनको शहिदपत्नी विनिता साह कलवारले विवेकशील साझा पार्टीबाट वीरगन्ज महानगरपालिकाको वडा न.१६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् ।
मधेशी दलले पैसामा टिकट बेचेको आरोप लगाउँदै विवेकशील साझाबाट उम्मेद्वारी दिएकी हुन् ।
विनिताका पति सोहन साह कलवारको, २०७० सालमा वीरगन्जमा भएको मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।
२०७४ सालको पालिका निर्वाचनमा जसपाबाट उनी महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
तपाईको प्रतिक्रिया