तीन करोडभन्दा बढी धनमाल चोरी

समाचार

रुपन्देही, १३ बैशाख । बुटवल उपमहानगरपालिका–६ बिपि चोकस्थित दिल बहादुर सुनारको गुल्मेली मजुवा सुनचाँदी पसलबाट करोडौंको धनमाल चोरी भएको छ ।

नगद ५ लाख रुपैयाँ, २३ तोला काँचो सुन र सुनका विभिन्न गरगहना गरी करिब ३ करोड रुपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ ।

चोरीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ