वीरगन्जमा चीनविरुद्ध प्रदर्शन, चिनियाँ राष्ट्रपति तस्वीर दहन

समाचार

वीरगन्ज, १४ बैशाख । राष्ट्रिय एकता अभियानले वीरगन्जमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौताको विरोध गर्दै चीनविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले बीआरआई सम्झौता राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेको हो ।

अभियान निकट विधार्थीहरुले वीरगन्जस्थित माइस्थान चोकमा चीनविरूद्ध नारा लगाउँदै चिनियाँ राष्ट्रपति सी चिनफिङको तस्वीरसमेत जलाएका छन् ।

प्रदर्शनकारीहरुले बीआरआई सम्झौता राष्ट्रघाती भएकोले खरेजी गर्नुपर्ने माग गरेका छन् ।

विवार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएको विरोध प्रदर्शनमा सहभागीले राष्ट्रघाती बीआरआई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद बन्द गर, पोखरा विमानस्थलमा भएको भष्टाचार छानविन गर, रेलको बहानामा सैन्य विस्तार बन्द गर लगायतका नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ