गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्न निर्देशन

समाचार

काठमाडौं, १४ बैशाख । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठकले गठबन्धन भित्रका दलहरूले बैशाख ३० मा सम्पन्न हुने निर्वाचनमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्न र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्न निर्देशन दिएको छ ।

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्न निर्देशन दिएको हो ।

बैठकपछि विज्ञप्ति जारी गर्दै ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्नुपर्ने उल्लेख छ ।

स्वतन्त्र हैसियतमा दर्ता गरेका उम्मेदवारीहरू फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्ने, प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धन भित्रका दलहरुबीचमा सिट बाँडफाँडको समझदारी गर्ने, समझदारी विपरीत गठबन्धनभित्रका दलहरूबाट दर्ता भएका उम्मेदवारीहरू फिर्ता गर्ने लगायतका निर्णय भएको जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ