स्थानीय निर्वाचन : कैलालीमा ३३७४ को उम्मेद्वारी दर्ता

समाचार

कैलाली, १४ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि कैलाली जिल्लामा तीन हजार तीन सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन कार्यालय कैलालीका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीमा प्रमुख पदमा १ सय ९ जना र उप–प्रमुख पदमा ९० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

१ सय २६ वडाध्यक्षका लागि ७ सय ८५, १ सय २६ महिला सदस्यका लागि ६ सय १४ र १ सय २६ दलित महिला सदस्यका लागि ५ सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

२ सय ५२ खुल्ला सदस्यका लागि भने १ हजार २ सय ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

कैलालीमा प्रमुख पदमा सबैभन्दा बढी लम्की चुहा नगरपालिकामा १७ जना र सबैभन्दा कम चुरे गाउँपालिकामा ४ जनाले उम्मेदवारी दिएका पनि प्रमुख भट्टले बताए ।

कैलाली जिल्लामा ५ लाख, २५ हजार, १२५ जना मतदाता रहेका छन् । जसमा महिला २ लाख, ६९ हजार १० जना र पुरुष २ लाख, ५६ हजार १ सय ४ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ