स्थानीय चुनावमा जनता प्रगतिशील पार्टीका प्रतिबद्धताहरु

समाचार

काठमाडौं, १४ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले विभिन्न प्रतिबद्धता सार्वजनिक गरेको छ ।

जनता प्रगतिशील पार्टीले भ्रष्टाचारमुक्त पालिका, आर्थिक सुशासन, गुणस्तरीय सर्वसुलभ माध्यमिक शिक्षा, निःशुल्क प्राथमिक स्वास्थ्य, कृषि सामग्रीमा अत्याधिक अनुदान, ग्रामीण पूर्वाधारको तीव्र विकास प्रतिबद्धता जाहेर गरेको छ ।

यस्तै, चकलाबन्दी अभियान, एकल महिलाको हकमा उमेर बन्देज नराखी जीवनयापन भत्ता व्यवस्था, कृषि बीमा सिंचाइ तथा मलखादको समयमा व्यवस्था, युवाका लागि स्वस्थ जीवनयापनको आवश्यक व्यवस्था, जन्मको आधारमा नागरिकता प्राप्त व्यक्तिका छोराछोरीलाई नागरिकताका लागि पहल गर्ने र आमाको नाममा पनि नागरिकता प्राप्त गर्ने अभियान रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ