भारतीय प्रशिक्षक सोनु शर्माले दिए नेपालमा मोटिभेसन तालिम

समाचार

काठमाडौं, १५ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा बीमा प्रशिक्षक मार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रमसम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरुको प्रसंशा गरे ।

उनले अभिकर्ताहरुको क्षमता अभिबृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय बृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरुलाई निरन्तरता दिने बताए ।

सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ८ अर्ब २१ करोड रहेको छ भने लगानी रू. १३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । २ लाख ३ हजार भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय २ कार्यालय सञ्जाल मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमहरुले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरुको भनाइ रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ