विराटनगर, १६ बैशाख । केही पुराना र केही नयाँ कार्यक्रमसहित नेकपा एमालेले विराटनगर लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
प्रतिबद्धता पत्रमा कतिपय संघीय सरकारका चलिरहेका कार्यक्रम तथा कतिपय प्रदेश सरकारले सञ्चालन गरेर असफल भएका कार्यक्रम पनि समावेश गरिएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालिमा आयोजित कार्यक्रममा १ सय बुँदे प्रतिबद्धता जाहेर गरिएको हो ।
प्रतिबद्धता पत्रमा दुई वर्ष भित्रमा मुख्य सडकहरूमा सौर्य सडक बत्ती जडान गर्ने उल्लेख गरेको छ । यद्यपि यसअघि महानगरले जडान गरेको पुष्पलाल चोक पानी ट्यांकी सडकको सौर्यवत्ती काम नलाग्ने भइसकेको छ ।
महानगर प्रमुखका उम्मेदवार सागर थापाले स्थानीय स्रोत साधनको उचित प्रयोग गर्ने बताए ।
सो अवसरमा विराटनगरको बजार क्षेत्रलाई तार मुक्त बनाउने घोषणा गरिएको छ । सहरी सौन्दर्यीकरणका लागि टेलिफोन केवल इन्टरनेटका तार जमिन बिछ्याउने उल्लेख गरिएको छ ।
एमालेले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा र उपाध्यक्ष शिल्पा निरौला कार्कीलाई प्रमुखमा र उपप्रमुखमा अघि सारेको छ ।
तपाईको प्रतिक्रिया