तातो हावाले बाँकेको जनजीवन प्रभावित

समाचार

नेपालगन्ज, १५ बैशाख । गर्मी बढेसँगै पश्चिम तराईको नेपालगन्ज र यस आसपासका ग्रामीण बस्तीमा तातो हावा चल्न थालेको छ ।

सुक्खा र तातो हावाले जनजीवन प्रभावित हुन थालेको छ । चिकित्सकले तातो हावा चलेका बेला घरबाहिर हिँड्दा सावधानी अपनाउन आग्रह गरेका छन् ।

नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

गर्मीका कारण अघिपछि निकै व्यस्त देखिने सहरका सडक पनि दिउँसो सुनसान हुन थालेका छन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ