वीरगन्जमा गठबन्धनको संयुक्त घरदैलो अभियान

समाचार

वीरगन्ज, १६ बैशाख । पाँच दलीय गठबन्धनले वीरगञ्ज महानगरपालिकामा मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारसहित चुनावी घरदैलो अभियान सुरु गरेको हो ।

अभियानमा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंह, उपप्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार इम्तियाज आलम, सांसद प्रदीप यादव लगायत जसपा र काँग्रेसका कार्यकर्ताहरूले घरघरमा मतदाताहरू भेट्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका थिए ।

निर्वाचन मिति नजिकिँदै गठबन्धनका साझा उम्मेदवारहरूले सुरु गरेको घरदैलोबाट वीरगन्जमा चुनावी माहौल तात्दै गएको छ ।

विपक्षीहरूले गठबन्धनका साझा उम्मेदवारहरू एक ठाउँमा आउन नसक्ने दाबी गरिरहेको बेला गठबन्धनका उम्मेदवारहरू एक साथ हिँडेपछि चुनावी सरगर्मी तातेको छ ।

वडा १६ बाट गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरेको र घर घरमा पुगेर संयुक्त रुपमा मत मागिएको मेयर पदका उम्मेदवार राजेशमान सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ