कपिलवस्तु, १७ बैशाख । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएको छ ।
नेकपा एमालेका वडाध्यक्षका उम्मेद्वार तिवारीको मुटुमा समस्या देखिएपछि भारतको लखनऊमा उपचारका लागि लगिएएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
तिवारीको मृत्यु भएकोबारे बुद्धभुमि नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले पत्राचार गरी जानकारी दिएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सुचना अधिकारी अनिता क्षेत्रिले जानकारी दिइन् ।
एमाले उम्मेदवारको मृत्युका कारण पालिका निर्वाचन प्रक्रिया स्थगित भई सम्बन्धित वडाको लागि पुनः मनोनयन देखिको कार्यक्रम सुरु भई तोकिएको मितिमै निर्वाचन हुने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया