पूर्वराज्यमन्त्री डा.डिम्पल झाप्रति पूर्वप्रदेश प्रमुख अहिराजद्वारा श्रद्धाञ्जली अर्पण

समाचार

रौतहट, १८ बैशाख । मधेश प्रदेशकी पूर्वराज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेता स्व.डा.डिम्पल कुमारी झाप्रति पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

डा.अहिराज स्व.झाको निवास रौतहटस्थित मत्सरी पुगी श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्वमन्त्री अनिल कुमार झाकी श्रीमती हुन् स्व.डिम्पल झा । उनको निधन गत आइतबार बिहान काठमाडौंमा भएको थियो ।

डा.अहिराजले श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, ‘भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो । यस दुःखद परिस्थितिमा परिवारका सदस्यहरुमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ