आचार संहिताविपरीतका प्रचार सामग्रीहरु हटाइयो

समाचार

जनकपुरधाम, १८ बैशाख । धनुषा जिल्लाका विभिन्न पालिकाहरूमा रहेको निर्वाचन आचार संहिताविपरीतको प्रचार सामाग्रीहरू हटाउने काम भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको सार्वजनिक स्थलहरू भानु चौक, थापा चौध, शिवचौक, स्टेशन एरिया, रामचौक, जानकी चौक सहितका सडक पेटीमा भएको प्रचार सामाग्रीहरू हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाको खजुरीमा रहेका प्रचार सामाग्रीहरू पनि हटाउने काम भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् ।

मूल सडकमा नेपाली काँग्रेस, नेकपा एमाले, जनमत पार्टी, जसपा तथा लोसपा सहितका पार्टीहरूले तुल, पताकाहरु झुण्डयाउने काम गरेका थिए ।

प्रहरी परिचालन गरेर निर्वाचन अधिकृतको कार्यालयहरूले आचार संहिता विपरीतको प्रचार सामाग्रीहरू हटाउने काम भएको पछि सडक पेटी सफा देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ