कांग्रेस अग्रस्थानमा आउने : निधि

समाचार

विराटनगर, १८ बैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका छन् ।

विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका हुन् ।

नेता निधिले भने, ‘यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पुग्नेछ ।’

उनले रु.एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरी बुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वाभाविक रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ