काठमाडौं, १९ बैशाख । काठमाडौँ महानगरपालिकाका नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
स्थापितले कार्यक्रममा बोलेका कुरालाई लिएर आयोगमा उजुरी परेपछि त्यसबारे के भएको हो भनी २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
केही दिनअघि स्थापितले नेशनल कलेजको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पष्टीकरण सोधिएको हो ।
कार्यक्रममा स्थापितलाई एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि स्थापित आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ जस्ता अभिव्यक्ति दिएका थिए ।
तपाईको प्रतिक्रिया